Skip to content
Prabhu

यूरोपलाई चीनको जवाफ, ब्रान्डीमा आयातमा लगायो चर्को कर

nabil
एजेन्सी । चीनले मंगलबार युरोपियन युनियन (ईयू) बाट आयात गरिने ब्रान्डीमा अस्थायी एन्टि–डम्पिङ मापदण्ड लगाएको छ । जसले हेननेसीदेखि रेमी मार्टिनसम्मका ब्रान्डहरूलाई असर पु¥याएको छ । यूरोपका २७ सदस्य राष्ट्रहरूको समूहले चिनियाँ–निर्मित विद्युतीय सवारी साधन (ईभी) मा कर लगाउने निर्णय गरेपछि प्रतिक्रियाका रुपमा चीनले पनि अस्थायी एन्टि–डम्पिङ लागू गरेको हो ।
चीनको वाणिज्य मन्त्रालयले एक अनुसन्धानको प्रारम्भिक नतिजाले ईयूबाट आयात गरिने ब्रान्डीले आफ्नो देशको ब्रान्डी उद्योगलाई ठूलो क्षति पु¥याउने खतरा देखाएको बतायो ।
फ्रान्सको वाणिज्य मन्त्रालयले चिनियाँ अस्थायी उपायहरूलाई अविवेकी भन्दै यसले स्वतन्त्र व्यापारको उल्लंघन गरेको बताएको छ । यस कदमलाई विश्व व्यापार संगठनमा चुनौती दिन युरोपेली आयोगसँग सहकार्य गर्ने बताएको छ ।
वाणिज्य मन्त्रालयले अर्को वक्तव्यमा ईयू पोर्क उत्पादनमा भइरहेको एन्टि–डम्पिङ र एन्टि–सब्सिडी अनुसन्धानको निष्कर्षले निष्पक्ष निर्णय गर्ने बताएको छ, जसले द्विपक्षीय व्यापार तनाव बढ्दै गएको सङ्केत गरेको छ ।
साथै, चीनले ठूलो इन्जिन भएका सवारी साधनको आयातमा शुल्क वृद्धि गर्ने योजना बनाइरहेको उल्लेख गरेको छ । जसले जर्मन उत्पादकहरूलाई बढी असर गर्नेछ । २.५ लिटर वा सोभन्दा ठूला इन्जिन भएका जर्मन सवारी साधनहरूको चीन निर्यात गत वर्ष १.२ बिलियन डलर  पुगेको थियो ।
चीनको उक्त निर्णय बढीजसो फ्रानसप्रति लक्षित देखिएको छ । किनभने गत वर्ष फ्रान्सबाट चीनमा १.७ बिलियन डलरको ब्रान्डीको निर्यात भएको थियो । जसले चिनियाँ ब्रान्डी आयातको ९९ प्रतिशत हिस्सा ओगटेको थियो ।
अक्टोबर ११ देखि, ईयूबाट आयात गरिने ब्रान्डीका आयातकर्ताहरूले आयात मूल्यको ३४.८ प्रतिशतदेखि ३९ प्रतिशतको बीचमा सुरक्षा जम्मा गर्नुपर्नेछ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal