Skip to content
Prabhu

अमेरिकी राष्ट्रपति निर्वाचनः जेन जीका प्राथमिकतामा अर्थतन्त्र

nabil
एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचन हुन केही साता मात्रै बाँकी छ । राष्ट्रपतिका प्रमुख दुई उम्मेदवारबीच राम्रै चर्चा चलिरहेको छ । तर निर्वाचनमा भने अर्थतन्त्र हावी हुने अनुमान गरिएको छ । अमेरिकी अर्थतन्त्रमा अहिले देखिएको मुद्रास्फीति  र घर कर्जाले निर्वाचनको मतदानमा प्रभाव पार्ने आकलन गरिएको छ ।
त्यसमा पनि पछिल्लो जेनेरेसन अर्थात् जेन जीले लागि अर्थतन्त्रका  लागि कस्ले राम्रो गर्छ उसैलाई मत दिने अनुमान गरिएको छ । पहिलो पटक मतदान गर्न लागेकी टेक्सासकी २१ वर्षे इसाबेला मोरिसले आफुहरुले यतिबेला आफूहरु उम्मेदवारका भनाइहरुलाई नियालिरहेको बताइन् ।
मोरिस पार्टटाइम जागिर गर्छन् । उनका पति भने फूल टाइम काम गर्छन् । उनी घरमा बच्चासँगै बस्छिन् । उनी अबको निर्वाचनमा अर्थतन्त्र राम्रो बनाउने उम्मेदवारलाई मत दिने योजना बनाएकी छन् । दुई वटा आम्दानीको स्रोत भए पनि उनी एक बेडको अपार्टमेन्टमा बस्छिन् । र, दुवै जनालाई कमाउँदा पनि परिवारका लागि पर्याप्त हुँदैन ।
“हाम्रो कर्जा चुक्ता इसकेको छ, अब कुनै पनि गल्ती दोहोर्याउने सुविधा हामीलाई छैन । अहिले हामीसँग बचत पनि छैन । अहिले हाम्रो परिवार मुस्किलले गुजारा चलाइरहेको छ”, उनले भनिन् ।
उनले अहिले पनि कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय गरिसकेकी छैनन् । तर जुन उम्मेदवारले अर्थतन्त्रलाई राम्रो बनाउन सक्छ त्यसैलाई मत दिनेमा भने ढुक्क छिन् ।
इसाबेला जस्तै आगामी चुनावमा ८० लाख अमेरिकी युवाहरुले पहिलो पटक मत दान गर्दैछन् । कूल मतदातामध्ये अधिंकाश ३५ वर्षभन्दा मुनीका छन् । र, विभिन्न अध्ययनले ती मतदाताको प्राथमिकता अर्थतन्त्र नै भएको देखाएका छन् ।
यद्यपि प्रजनन अधिकार, गाजामा भइरहेको युद्ध र हिंसालगायतका विषय पनि चुनावमा प्रभाव पारिरहेका  छन् । जि जेनका लागि असमान आम्दानी, गरिबीलगायतका विषय पनि प्राथमिकतामा रहेको सिकागो विश्वविद्यालयले यही सेप्टेम्बरमा सार्वजनिक गरेको जेन फरवार्ड सर्भेमा भनिएको छ ।
सोही विश्वविद्यालयले सन् २०२० को निर्वाचन अघि गरेको सर्भेमा कोरोना महामारी, जातिवाद र हेल्थकेयर अर्थतन्त्रको तुलनामा बढी मतदाताका लागि बढी प्राथमिकतामा थिए ।
तर अहिले इसाबेला जस्ताका युवा मतदाताका लागि महंगो घरभाडा र घर, कमजोर रोजगारी सृजनालगायतका समस्या बढी प्राथमिकतामा छन् ।
गत महिना त्यहाँको फेडेरल रिर्जभले ब्याजदरमा चार वर्षपछि पहिलो पटक कटौती गरेको छ । जसले कर्जा लिँदा कम लागत पर्नेछ । मोरगेज, क्रेडिट कार्डलायतमा ऋणीलाई सहज भएको छ ।
ट्रान्सयुनियन क्रेडिट एजेन्सीले गरेको अध्ययनमा २२ देखि २४ वर्ष उमेरका व्यक्तिहरूले क्रेडिट कार्ड, कार कर्जा, र बन्धक ऋणको रूपमा हरेक प्रकारको ऋण पहिलेको पुस्ताभन्दा बढी लिएका छन् । र, उनीहरूको ऋण आम्दानीभन्दा छिटो बढिरहेको छ ।
नागरिक सिकाइ र संलग्नतामा केन्द्रको अनुसन्धानका सह–निर्देशक एबी किजाले यस चुनावमा युवा मतदाताहरूको लगभग आधा उपस्थित हुने आशा गर्छिन् । जुन २०२० मा जस्तै हुनेछ, जसमा दशकौँको सबभन्दा उच्च मतदान भएको थियो र सन् २०१६ को राष्ट्रपति चुनावको तुलनामा ११ प्रतिशतले वृद्धि भएको थियो ।
  उनका अनुसार सन् २०१८ को मध्यावधि चुनावमा युवा मतदाताहरूको अभूतपूर्व मतदान देखिएको थियो । तर, त्यो अन्य उमेर समूहहरूको भन्दा अझै निकै कम थियो ।
सन् २०२० मा, ३५–६४ वर्ष उमेर समूहका ६९ प्रतिशत योग्य अमेरिकीहरूले मतदान गरेका थिए । जबकि ६५ वर्षभन्दा माथिका ७४ प्रतिशत मतदाताहरू मतदान केन्द्रमा गएका थिए ।
दुई राष्ट्रपति उम्मेदवारहरू – ट्रम्प र ह्यारिस – ले पछिल्ला हप्ताहरूमा आफ्नो आर्थिक सन्देशलाई अझ तीक्ष्ण बनाएका छन् र युवा मतदाताहरूलाई आकर्षित गर्ने प्रयासलाई तीव्र बनाएका छन् ।
  ह्यारिसले बाइडेन प्रशासनको विद्यार्थी ऋण माफी, उपभोक्ता मूल्य निर्धारण र आवास खर्चजस्ता आर्थिक पहलकदमीहरूलाई विस्तार गरेकी छन् । उनले पहिलोपटक घर किन्नेलाई २५ हजार डलरको अनुदान प्रस्ताव गरेकी छन् र नवजात शिशु भएका परिवारहरूका लागि  ६ हजार डलर कर क्रेडिट प्रस्ताव गरेकी छन् ।
  उनको अभियानले उनको युवा संगठन कर्मचारीलाई दोब्बर बनाएको छ र डिजिटल विज्ञापनहरूमा ठूलो लगानी गरेको छ । उनले टेलर स्विफ्ट र बिल्ली एलिश जस्ता उच्च–प्रोफाइल सेलिब्रेटीहरूको समर्थन पाएकी छन् र सामाजिक सञ्जालमा भाइरल भएका उपराष्ट्रपति सम्बन्धी मीमहरूलाई अंगालेकी छन् ।
त्यसैबीच, ट्रम्पले युवा मानिसहरूबीचको आर्थिक असन्तोषलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । उनल ह्यारिस र बाइडेनको आर्थिक रेकर्डको आलोचना गर्दै आएका छन् ।  र, आफ्नो प्रशासनमा सामानको मूल्यहरू सस्ता भएको कुरा उठाउँदै पनि आएका छन् ।
पूर्वराष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जाल, पोडकास्ट र प्रभावकारी व्यक्तिहरूसँगको साझेदारीमार्फत युवा मतदाताहरूमा पहुँच बढाउन खोजेका छन्। उनले लोगान पाउल र एडिन रोस जस्ता प्रभावशाली व्यक्तिहरूसँग टिकटकहरू पोस्ट गरेका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal