काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सुन तोलाको १ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५९ हजार १ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्