काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी हकप्रद सेयर संशोधन गरी बोनस सेयर वितरणपश्चात कायम पूँजीको ७ प्रतिशत हकप्रद निष्काशन गर्ने एजेण्डा पनि पारित भएको छ । सभाका लागि प्रस्तावित अन्य एजेण्डाहरू समेत सर्वसम्मत रूपमा पारित भएको कम्पनीले जनाएको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा असोज १५ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्