Skip to content
Prabhu

सेयर बजार सामान्य घट्दा थ्रीस्टार हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट, धेरै घट्ने ५ कम्पनी

nabil

काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा सामान्य अंकले बढेर बन्द भयो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १०२ वटाको सेयर मूल्य घटेर बन्द भयो ।

आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भयो । आज सेयर बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०२ रुपैयाँ ७० पैसाले घटेर ९२४ रुपैयाँ ३० पैसा कायम भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।

आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स म्युचुअल फण्ड–१, सानिमा बैंक र आत्मनिर्भर लघुवित्त रहेका छन् । आज सिटिजन्स सुपर ३० म्यूचुअल फण्डको सेयर मूइ ९.३६ प्रतिशत अर्थात् ०.९९ रुपैयाँले घटेर ९ रुपैयाँ ५९ पैसा पुगेको छ । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड–१ को सेयर मूल्य पनि ०.६३ रुपैयाँले घटेर १० रुपैयाँ १७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८३ प्रतिशतले कम हो ।

आज सेयर बजारमा सनिमा बैंकको सेयर मूल्य पनि प्रतिकित्ता १५ रुपैयाँ ७० पैसाले घटेर ३४२ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३९ प्रतिशतले कम हो । बुधबारको कारोबार बन्द हुँदा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि १८७ रुपैयाँले घटेर ४ हजार ३२८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.१४ प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal