Skip to content
Prabhu

एमालेलाई मुख्यालय बनाउन भाटभटेनीका मीनबहादुर गुरुङले दिए १० रोपनी १४ आना जग्गा दान

nabil

काठमाडौं । भाटभटेनी ग्रुपका मीनबहादुर गुरुङले नेकपा एमालेलाई मुख्यालय बनाउनको लागि १० रोपनी जग्गा दान दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले भाटभटेनीका संस्थापक रहेका गुरुङ दम्पत्तिसँगै एमाले मुख्यालयको भवन निर्माणको शिलन्यास गरे ।

किर्तीपुर नगरपालिका २ मा एमालेको मुख्यालय बन्न लागेको हो । भूकम्प अगाडि एमालेको मुख्यालय बल्खुमा थियो । त्यसपछि विभिन्न स्थानमा सर्दै आएको छ ।

एमालेले व्यवसायी गुरुङले दान दिएको जग्गामा मुख्यालय बनाउन लागेपनि भवन निर्माण भने एमालेका कार्यकर्ताबाट उठेको पैसाबाट बनाउने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal