Skip to content
Prabhu

तनहुँ र नवलपुरमा २९ खानेपानी योजना सम्पन्न

nabil

तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन् ।

गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा १९, नवलपुरमा ९ र सङ्घीयतर्फका तनहुँमा एक योजना सम्पन्न भएका डभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिए।

प्रदेशका योजनाअन्तर्गत तनहुँमा एक सय ५२, नवलपुरमा ६३ गरी दुई सय १५ चालु वर्षका क्रमागत योजना हुन् । सङ्घीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन् । न्यून बजेट विनियोजित,पानीको मुहान विवाद लगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन् ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको ‘एक घर, एक धारा ’अभियान अन्तर्गत १५ हजार नौ सय ९४ धारा जडान गरी पानी वितरण भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal