काठमाडौं । दसैँ मनाउन काठमाडौँ छाडेर घर गएकाहरू बिस्तारै काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौंमा पनि चहलपहल बढ्न थालेको छ । यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।
आइतबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा पुग्दा दसैँका लागि काठमाडौँ छाडेका मानिसहरू दसैँ सकिए लगतै राजधानी फर्किँदै गरेको भेटिए ।
प्रतिक्रिया दिनुहोस्