Skip to content
Prabhu

घाटा बेहोरिरहेको विमान कम्पनी बोइङले १७ हजार कर्मचारीलाई जागिरबाट निकाल्ने, सीइओले पठाए सन्देश

nabil
एजेन्सी । विमान निर्माता ठूलो कम्पनीले एकै पटक १७ हजार मानिसलाई रोजगारीबाट निकाल्ने भएको छ । यसको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले सबैलाई इमेलमार्फत जानकारी दिएका छन् ।
बोइङका सीइओ केली ओटबर्गका अनुसार कम्पनीले अहिले धेरै प्रकारका समस्या भोग्नु परिरहेको छ । यस्तो अवस्थामा कूल कार्यरत जनशक्तिमध्ये १० प्रतिशत कटौती गर्ने योजना बनाइएको छ ।
रिपोर्टहरु अनुसार कम्पनीले सन् २०२४ को तेस्रो त्रैमासमा पाँच मिलियन डलरको घाटा बेहोर्ने अनुमान गरिएको छ । किनभने एक महिनादेखि चलिरहेको हड्तालका कारण कम्पनीलाई समस्या थपिएको छ । कम्पनीका सीइओ ओटबर्गले यस विषयमा कर्मचारीहरुलाई जानकारी दिइसकेका छन् ।
सीइओले पठाएको सन्देशमा भनिएको छ, “कम्पनीलाई वित्तीय समस्याका कारण कर्मचारीको संख्या कटौती गर्नु परेको छ । वर्कफोर्सको लेभललाई वित्तीय अवस्थाका आधारमा तय गरिनेछ ।” जसमा प्राथमिकताहरुलाई केन्द्रित गरिनेछ । अर्थात् जुन हिसाबले कमाइ हुन्छ सोही अनुसार खर्च गरिनेछ र त्यति नै संख्यामा कर्मचारीहरु राखिनेछ ।
किनभने अमेरिकाको पश्चिमी तटमा ३३ हजार कर्मचारीको हड्तालका कारण ७३७ म्याक्स, ७६७ र ७७७ जेट विमानको उत्पादन बन्द भएको छ । न्युज एजेन्सी रोयटर्सका अनुसार केली ओर्टबर्गले आगामी महिनामा उक्त संख्यामा कर्मचारीहरु कटौती गरिने स्पष्ट पारेका छन् ।
रोजगारी गुमाउने अधिकांश कर्मचारीमा अधिकारीहरु, म्याजेनर र कर्मचारीहरु रहनेछन् । ७७७एक्स बोइङको पहिलो जेटलाइनर हो । जुन सार्वजनिक गर्न ढिलाइ गर्ने समेत तयारी भइरहेको छ । कम्पनीले अब सन् २०२६ मा ७७७एक्सको पहिलो डेलिभरी दिने अपेक्षा गरिएको छ ।
उक्त समाचारपछि कम्पनीको शेयर मूल्य १.७ प्रतिशतले घटेको छ । सन् २०२७ मा बोइङले आफ्नो ७६७ मालबाहक कार्यक्रम पनि अन्त्य गर्दैछ । जबकी २९ वटा विमानको अर्डर पूरा हुन्छ त्यसपछि यो कार्यक्रम पनि बन्द हुनेछ । यद्यपि केसी ४६ए ट्यांकरको उत्पादन भने जारी रहनेछ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal