काठमाडौं । अमेरिकाका तीनजना अर्थशास्त्रीले यसवर्षको अर्थशास्त्र तर्फ नोबेल पुरस्कार पाउने भएका छन् ।
म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सले अर्थशास्त्रमा यसवर्ष नोबेल पुरस्कार पाउने भएका हुन् ।
कुनै देश किन धनी र किन गरिब छन् भन्ने विषयमा उनीहरुले गरेको शोधको लागि अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिन लागिएको हो ।
“संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति“ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत गर्न लागिएको नोबेल पुरस्कार छनोट समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्