काठमाडौं । दशैंको बिदा शुरु हुनु अगाडि भारतका चर्चित उद्यमी रतन टाटाको निधन भयो । व्यवसायलाई समाजसँग जोड्ने धन भएर भए पनि धनीको दौड नभएका रतन टाटाको योगदानलाई भारत र विश्वभर नै उनको निधनमा सबैले याद गरे ।
अष्टमीको आफूलाई नेपालमा भने कम्युनिस्ट भनेर चिनाउने सरकारको नेतृत्व गरेको नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णय कार्यान्वयनमा ल्यायो । कीर्तिपुर नगरपालिकामा १० रोपनी १४ आना जग्गा दान दिएका मीनबहादुर गुरुङले नै एमालेको मुख्यालय बनाएर दिनेछन् । सामाजिक सञ्जालमा नेकपा एमालेलाई लिएर नेकपा भाटभटेनी भनेर पनि निकै आलोचना भयो ।
नेपालमा तीन दशकमा व्यवसायमा अत्यधिक सफल हुने उद्यमीमा मीनबहादुर गुरुङ पर्छन् । काठमाडौंको भाटभटेनी मन्दिरमा उनले शुरु गरेको भाटभटेनी डिपार्टमेन्ट स्टोर आज नेपाल भर फैलिएको छ । हरके वर्ष स्टोर थप्दै गएका गुरुङले धेरै नेपालीलाई रोजगारी दिएका छन् । पछिल्लो समय नेपालमा पैसा भएका व्यवसायीहरू लगानीको लागि नेपालमा मात्र सीमित छैनन् ।
उनीहरूको व्यवसाय नेपालबाट फैलिएर अफ्रिका र दक्षिण अमेरिकी देशहरूमा पुगेका छन् । पैसा भएका व्यवसायीमा गुरुङ केही सीमित व्यवसायीमा पर्छन् जसले अहिलेसम्म नेपाल बाहिर लगानी गरेका छैनन् । पछिल्लो एक वर्षमा नेपालमा लगानीको वातावरण भएर भनेर धेरै व्यवसायीले लगानी गर्न नसकेको समयमा गुरुङले आफ्नो लगानीको दायरालाई भाटभटेनीमा मात्र सीमित गरेका छैनन् ।
अन्नपूर्ण होटेलको संरचनालाई परिवर्तन गरेर भारतको आइटिसी ग्रुपलाई नेपालमा भित्राउन लागेका छन् । पूर्वी नेपालको पहाडबाट आएको आएको निम्न मध्यम वर्गले गरेको प्रगति नेपाली युवाहरूको लागि प्रेरणादायक नै छ । नेपालमा आउने दैवी र प्राकृतिक प्रकोपमा सबैभन्दा पहिला मन फुकाएर सहयोग गर्नेमा गुरुङको नाम आउँछ । चाहे उनले टिचिङ अस्पतालमा गरेको सहयोग होस् अन्य सहयोग यसले गुरुङले समाजलाई व्यवसाय जोड्दै हिँड्न खोजेको देखिन्छ ।
मीनबहादुर गुरुङको जति व्यावसायिक सफलताको कथाहरू छन् त्यही मात्रा उनी विवादमा छन् । सबैभन्दा पहिलो विवाद मीनबहादुर गुरुङको नक्कली भ्याट बिलको हो । नक्कली भ्याट बिल गुरुङको कम्पनी भाटभटेनीले प्रयोग गरेको सर्वोच्च अदालतले दुई पटक प्रमाणित गरेको विषय हो । उपभोक्ताले तिरेको भ्याट रकम व्यवसायीले बुझाउने हो । त्यही उपभोक्ताले तिरेको रकम नबुझाउन नक्कली कम्पनी खडा गरेर भ्याट दाबी गरेर नक्कली भ्याट बिल प्रयोग गर्नु भनेको नक्कली नोट छाप्नु बराबरको अपराध हो । यो अपराध मीनबहादुर गुरुङले गरेको अदालतबाट प्रमाणित भइसकेको छ । नक्कली भ्याट बिल प्रकरणमा मीनबहादुरलाई आर्थिक जरिवानाको फैसला भए पनि उनी जेल जानु पर्दैन ।
तर,गुरुङ जोडिएको अर्को विवादको विषयमा भने विशेष अदालतले उनलाई जेल सजायको फैसला सुनाएको छ । मीनबहादुर गुरुङसँग अर्को जोडिएर आउने विषय हो ललिता निवासको जग्गा काण्ड । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा २ वर्ष जेल सजाय सुनाएको छ । उनलाई यही केसीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीबिआई)ले दुई पटक गिरफ्तारी गरेको थियो ।
आफूले दानमा दिएको जग्गामा मुख्यालय भवन शिलान्यास गर्ने दिन भाटभटेनीका गुरुङले आफू पहिलादेखि नै एमाले निकट रहेको र त्यही आधारमा पार्टीलाई जग्गा दानमा दिएको बताएका थिए । उनले पार्टी कार्यकर्ताको हिसाबले जग्गा दानमा दिन पाउनु आफ्नो लागि ठुलो विषय भएको प्रतिक्रिया कार्यक्रममा उपस्थित भएका सञ्चारकर्मीलाई दिए ।
संविधानले दिएको अधिकार अनुसार मीनबहादुर गुरुङलाई व्यवसाय गर्न र राजनीतिक दलमा लाग्ने स्वतन्त्रता छ । उनले आफ्नो सम्पत्ति कुन पार्टीलाई दिने वा कसलाई भन्नेमा उनी स्वतन्त्र छन् । तर,विवादमा परेको व्यवसायीले के आधारमा एक अर्बभन्दा बढीको सम्पत्ति दानमा दिए भन्नेमा भने एमाले र गुरुङले यसको जवाफ दिनुपर्छ । विशेष अदालतको फैसलामा चित्त नबुझाएर अहिले मीनबहादुर गुरुङले त्यो विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । के यो जग्गाको दानको विषय यही मुद्दासँग जोडिएको होइन एमाले र गुरुङले दिनुपर्ने जवाफ पनि यही छ ।
भूकम्प अगाडिको बल्खुमा भनेको एमालेको पार्टी कार्यालय बनाउनको लागि सामान्य भन्दा सामान्य र निम्न आय भएका कार्यकर्तासँग समेत एमालेले २ रुपैयाँसम्म पैसा उठाएको थियो । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको र आफूलाई कम्युनिस्ट भनेर चिनाउने दलले एउटा अमुक र विवादमा परेको व्यवसायीसँग जग्गा दानमा लिने र उनैको पैसामा मुख्यालयबाट पार्टी चलाउने निर्णय लोकतन्त्रमा कत्तिको जायज हो त्यो प्रश्न जनताले खोज्नुपर्ने हुन्छ ।
नेकपा एमालेमा केपी ओली आएपछि कुनै अमुक व्यवसायीसँग उनको नजिकपन नयाँ होइन । बल्खुको पार्टी कार्यालय भत्केपछि एमालेले पार्टी कार्यालय यस्तै विवादमा रहेका व्यवसायीका भवनमा चलाएका छ । देश र विदेशमा समेत ठुलो कार्यकर्ताको सञ्जाल भएको एमालेलाई पार्टी कार्यालय बनाउन विवादित भनेका व्यवसायीको शरण लिनुपर्ने बाध्यता हो । यो प्रश्न ओली एमालेका पदाधिकारीले दिनुपर्छ ।
बालुवाटार जग्गा प्रकरणमा एमालेका उपाध्यक्ष विष्णु पौडेल समेत मुछिएका थिए । ८ आना जग्गा उनको छोराको नाममा थियो । पछि उनले ८ आना जग्गा फिर्ता गरे पनि उनी विरुद्ध मुद्दा चलेन । बालुवाटारको जग्गासँग पार्टीको कार्यालय भवन बनाउने साटफेर हो या के यसको जवाफ ढिलो भए पनि पक्का आउने छ ।
पछिल्लो एक दशममा मीनबहादुर गुरुङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को पैसा चलाएका छन् भने हल्ला गर्नेमा सबैभन्दा बढी एमालेका कार्यकर्ता थिए । अहिले एमालेले नै मीनबहादुर दानमा दिएको र दानमा दिएको पैसामा मुख्यालय भवन चलाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्