काठमाडौं । धितोपत्र बोर्डले लिवर्टी इनर्जीलाई ७५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
लिवर्टी इनर्जीको हकप्रद निष्कासनको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
लिवर्टी इनर्जीले अहिलेको चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
लिवर्टीको चुक्ता पुँजी १ अर्ब ५० करोड रहेको छ । हकप्रद सेयर निष्कासन पछि यसको चुक्ता पुँजी २ अर्ब २५ करोड हुने छ ।
प्रतिक्रिया दिनुहोस्