Skip to content
Prabhu

सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको ४ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते मंगलबार बुकक्लोज गर्दै छ । दशैँ बिदा भएका कारण असोज २३ गते अन्तिम कारोबार मानी सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपश्चात् बैंकको सेयर मूल्य २४३.२७ रुपैयाँ कायम भएको छ । असोज २३ गते बैंकको सेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बैंकले गत आर्थिक वर्ष २०८०र८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०।२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४।२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न बैंकले १८औँ वार्षिक साधारणसभा कात्तिक १२ गते बिहान ९ बजे अमृतभोग कालिकास्थान डिल्लीबजार काठमाडौंमा बोलाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal