काठमाडौं । दसैंका अवसरमा फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानहरू मंगलबारदेखि खुला भएका छन् । सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडौं उपत्यकासहित देशभरका सहरमा चहलपहल बढ्न थालेको छ ।
सरकारी कार्यालयहरू खुले पनि कर्मचारी र सेवाग्राहीको संख्या भने न्यून नै देखिएको छ । त्यस्तै दसैंमा गाउँ गएकाहरू फर्कन थालेसँगै सहरमा फेरि सवारी चाप बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्