Skip to content
Prabhu

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालसहित ३४ राष्ट्रले गर्यो भर्त्सना

nabil

काठमाडौं । दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको नेपालले विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षको प्रत्याभूति दिन समेत आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेनाले शान्ति सैनिकको बेसमा जबरजस्ती घुसपैट गरी गोलाबारी गरिएको थियो । सो घटनामा नेपाल सहित ३४ देशहरूले दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको विरोध गरेका हुन् । इजरायली सुरक्षा बल (आईडीएफ)ले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ ।

आइतबार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए । सोमबार इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal