काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर अझै घटाएका छन् ।
बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार कात्तिक महिनामा वाणिज्य बैंकको एकवर्ष मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ६.१८ प्रतिशत रहेको छ । असोज महिनामा ६.३८ प्रतिशत औसत ब्याजदर थियो ।
कात्तिक महिनामा १० बैंकको ब्याजदर घटेको छ भने ९ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सानिमा बैंकले असोजको तुलनामा ब्याजदर बढाएको छ ।
गतवर्षदेखि लगातार वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर लगातार घट्दो क्रममा छ । निक्षेपसँगै कर्जाको ब्याजदर घटेपनि विगतमा ब्याजदर सस्तो हुँदा जस्तो गरेर ऋण भने बढेको छैन ।
प्रतिक्रिया दिनुहोस्