Skip to content
Prabhu

नेप्से ४३.२२ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ६६ करोड

nabil

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ मा पुगेको हो ।

आज ३२० कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार ७३७ रुपैयाँ कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ९ लाख ५० हजार ३ सय ९७ रुपैयाँ ९० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ४ सय ४५ रुपैयाँ ५० पैसा रहेको छ ।

आज २०६ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज विजया लघुवित्तको सेयर ९.३३ प्रतिशतले बढेको छ भने अप्पर स्याङ्गे हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal