Skip to content
Prabhu

बैंकिङ तरलता व्यवस्थापन गर्न बजारबाट एकैदिन १ खर्ब उठाउँदै राष्ट्र बैंक

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एकैदिन १ खर्ब उठाउने भएको छ । कात्तिक १ गते बिहीबार बैंकले १३ दिन अवधि भएको १ सय अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो ।

यसका लागि बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन विडिङमार्फत निक्षेपको दर बोलकबोल गर्न आह्वान गरिएको छ । अहिले बजारमा अधिक तरलताको अवस्था छ । चाडबाडको समयमा पनि अपेक्षित रूपमा निक्षेप बढ्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता थुप्रिएर बसेको छ ।

चाडबाड सकिएसँगै जनताको हातमा गएको पैसा पनि धमाधम बैंकिङ च्यानलमा आउन थालेको छ । दसैं अघिको अन्तिम दिनको तुलनामा दसैं बिदापछिको पहिलो दिन झन्डै ३९ अर्ब रुपैयाँ थप तरलता बैंकिङ क्षेत्रमा थपिएको छ ।

यस्तो अवस्थाबिच दुई साता अवधिका लागि बजारबाट राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ तान्न लागेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal