Skip to content
Prabhu

खाद्यगुण परीक्षण गर्दा भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता

nabil

काठमाडौं । भारतबाट आयात गरिएको ८५ हजार किलो चामल गुणस्तरहीन पाइएपछि भन्सार नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगञ्जका स्थानीय व्यापारीले व्यवसायी प्रयोजनका लागि भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरेका छन् ।

परीक्षण गर्दा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्यूनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

दसैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो ।

न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो । सोहीअनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागका प्रवक्ता महर्जनले बताए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal