काठमाडौं । प्रभु बैंकले ३ लाख ६९ हजार ८५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधरणमा सेयर बिक्री प्रक्रिया खुला गरेको हो ।
बैंकले सेयरधनीहरुको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता बिक्रीमा ल्याएको छ । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले यो सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्ने बैकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्