काठमाडौं । अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबारको लागि डलरको विनिमयदर बिक्रीदर १३४.८२ तथा खरिददर १३४.२२ तोकिएको छ । यो अनुसार डलर सर्वसाधारणले किन्दा १३४.८२ तिर्नुपर्छ भने डलर साटेर नेपाली रुपैयाँ लिदा १३४.२२ रुपैयाँ पाइन्छ ।
अमेरिकी डलरको मूल्य बढ्दा नेपालमा आयात हुने वस्तुको मूल्य बढ्छ । रेमिट्यान्स र विदेशबाट निर्यातको रकम बढ्छ । नेपाली अर्थतन्त्रमा यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव पर्ने गर्छ । आयातको मूल्य बढ्दा मंहगी बढ्छ भने रेमिट्यान्स रकम समेत बढ्छ ।
यस्तै अन्य मुद्रामा
युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ एक पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्