Skip to content
Prabhu

चीनको अर्थतन्त्रमा देखिएन सुधारको संकेत, आर्थिक वृद्धिदर खस्कँदो

nabil

एजेन्सी । चीनको अर्थतन्त्रको वृद्धिदरमा देखिएको सुस्तता अझ बढेको छ । यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा गत वर्र्षको सोही अवधिको तुलनामा आर्थिक वृद्धिदर कमजोर देखिएको हो । चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार सेप्टेम्बरको अन्त्यमा अर्थतन्त्रको वृद्धिदर ४.६ प्रतिशत देखिएको छ । जबकी सरकारले गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो ।
यद्यपि यो वृद्धिदर विश्लेषकको अनुमानभन्दा केही बढी हो । हालैका दिनमा बेइजिङ अर्थतन्त्रको सुधारका लागि विभिन्न उपाय अपनाएको छ । यस वर्ष कुनै त्रैमासमा चीनको आर्थिक वृद्धिदर पाँच प्रतिशतभन्दा कम भएको यो दोस्रो पटक हो । त्यहाँको सरकारले हालै गरेको स्टिमुलस प्याकेज घोषणको असर केही समयपछि देखिने अनुमान गरिएको छ । उक्त प्याकेजका कारण आर्थिक वृद्धिदर आगामी दिनमा पाँच प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ ।
चीनको अर्थतन्त्र समस्यामा पर्नुमा त्यहाँको घरजग्गा व्यवसायलाई लिइएको छ । जसका कारण पछिल्लो दिनमा यी क्षेत्रमा नयाँ लगानी कम भएको छ । त्यहाँको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई अर्थतन्त्र चलायमान बनाउनका लागि ऋण प्रवाह बढाउन सुझाव दिएको थियो । यसका लागि ब्याजदर र मागरेज कर्जा कम गर्न समेत आग्रह गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal