Skip to content
Prabhu

हरेक दिन किर्तिमान कायम गरेको सुनको मूल्य तीन दिनमै ३९ सयले बढ्यो

nabil

काठमाडौं । यो साता सुनको मुल्यले प्रत्यक दिन नयाँ रेकर्ड कायम गरेको छ । यो साताका हरेक दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यो साताको मंगलबार देखि कारोबार भएको सुन चार दिन ३ हजार ९०० रुपैयाँले मंगो भएको छ । विगत केही समय देखि उचाईतर्फ लागेको मुल्यले यो साताको बुधबार, बिहिबार र शुक्रबार नयाँ रेकर्डक कायम गरेको थियो ।

पछिल्लो साताहरू झै नेपाली बजारमा यो साता सुनको मुल्य नयाँ उचाइमा पुगेको हो । साताको पहिलो र दोस्रो दिन दशैं विदा परेकोले यी दुई दिन कारोबार भएन । तर नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको तेस्रो दिनदेखि भने सुनको मूल्य तोकेको थियो । मंगलबार सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो । बुधबार सुनको मूल्यले उच्च रेकर्डस्तरमा पुग्यो । त्यसदिन, सुन तोलाकै १ लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, विहिबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गर्‍यो । त्यो दिन छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ४०० रूपैयाँ पुगेको थियो ।

शुक्रबार भने सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ कायम गर्न पुग्यो साताको अन्तिम दिन सुन तोलाकै १ लाख ६४ हजार ४०० रूपैयाँमा खरिदबिक्री भयो । यो मुल्य साताको पहिलो कारोबार भएको दिन मंगलबारको तुलनामा ३ हजार ९०० रुपैयाँ बढी हो ।

त्यस्तै यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढ्यो । साताको पहिलो दिन मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भयो । यसरी, यो साता चाँदी तोलामा ५५ रूपैयाँले धेरै हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । विश्व परिवेशमा यतिबेला भइरहेको द्वन्द्वको प्रभावका कारण यो साता सुनको मूल्यमा भारी वृद्धि देखियो । यसैगरी, अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्याएको बताइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal