Skip to content

व्यवसायी बसन्तराज मिश्रको निधन

nabil bank
Basant Raj Mishra. Photo: THT

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ ।

उपचारको क्रममा मिश्रको निधन भएको हो । मिश्रको आजै पशुपति आर्यघाटमा अन्तिम दाहस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

डेंगुबाट पीडित उनको उपचारका क्रममा आज विहान ७२ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

‘दसैँको फूलपातिदेखि डेंगुबाट पीडित भइ उपचाररत हुनुहुन्थ्यो, सघन उपचारका क्रममा आज बिहान असामहिक स्वर्गारोहण भएको छ,’ पारिवारिक स्रोतले भन्यो, ‘आज बिहान ११ बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि पार्थिव शरीर कुपोन्डोल निवासमा रहने र दाहसंस्कारका लागि आर्यघाट प्रस्थान गरिने छ ।’

मिश्र द टेम्पल टाइगर ग्रुपको अध्यक्ष र्थिए । उनले नेपाल पर्यटन बोर्डक स्थापनाको समयमा सदस्य थिए । साथै सन् १९९२ देखि १९९६ सम्म प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को च्याप्टरको अध्यक्ष समेत भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime