Skip to content
Prabhu

रवि लामिछानेलाई म्याद थपको लागि अदालत लगिने

nabil

काठमाडौं । सहकारी अनियमिताको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपको लागि आज अदालत पेश गरिने भएको छ ।

लामिछाने शुक्रबार काठमाडौंमा पार्टी कार्यालयबाट पक्राउ परेका थिए । आइतबार उनलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपको लागि लगिने छ ।

लामिछाने गोखा मिडिया नेटवर्कमा सहकारीको पैसा अनियमिता गरेको आरोपमा पक्राउ परेका हुन् । यही मुद्दामा गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशी समेत थुनामा छन् । अध्यक्ष रहेका जिबी राई भने फरार छन् । लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताहरुले विरोध गरेका छन् । केही स्थानमा रास्वपाका कार्यकर्ताले टायर बालेर समेत विरोध गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal