Skip to content
Prabhu

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको १ लाख ६५ हजार पुग्यो

nabil

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । गत साताको अन्तिम कारोबार दिनको भन्दा तोलामा ६०० रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । दसैँ पछिको एक कारोबार दिनबाहेक हरेक दिन सुनको मूल्यले नयाँ उचाइ कायम गरिरहेको छ ।

आज चाँदीको मूल्यले पनि नयाँ उचाइ कायम गरेको छ । आज चाँदी तोलाका २ हजार ७५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको भन्दा ९५ रुपैयाँले बढी हो । गत शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६०९.९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३२ डलरमा कारोबार भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal