काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको प्रि ओपनमा नेप्से १२ दशमल ०१ अंकले घटेको हो ।
आइतबारको प्रि ओपन सेसनको कारोबार पछि सेयर बजार परिसूचक २७३३ दशमलव ३५ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३१ अंकले घटेर ४९२ दशमलव ९८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ११ वटाको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबारको प्रि ओपन सेसनमा ८८ कम्पनीका १७ हजार ३६७ कित्ता सेयर १९० पटक खरिद बिक्री हुँदा ६३ लाख ७० हजार ३८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्