Skip to content
Prabhu

साहस ऊर्जा र अरुण काबेलीको साधारणसभा आज

nabil

काठमाडौं । साहस ऊर्जा र अरुण काबेली पावरको साधारणसभा आज सम्पन्न हुँदै छ । दुवै कम्पनीको साधारणसभा आजका लागि बोलाइएको हो ।

साहस ऊर्जाले लाभांशसहित हकप्रद प्रस्ताव र अरुण काबेलीले हकप्रद प्रस्ताव पारित गर्ने मुख्य एजेण्डासहित सभा बोलाएका हुन् । साहस ऊर्जाले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । यसका लागि आज काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि सभा बोलाएको छ ।

सभाले विभिन्न आवका वित्तीय विवरणहरू पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ३७ करोड ८० लाख कित्ता हकप्रद निष्काशन गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ।

त्यस्तै आजै साधारण सभा रहेको अरुण काबेलीले १ः१ अुनपातमा हकप्रद निष्काशन गरी संकलित रकमबाट काबेली–ए जलविद्युत् आयोजनाको सेयरमा लगानी गर्ने संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । यसका लागि काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको छ ।

साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस गर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal