Skip to content
Prabhu

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारण पनि किन्न पाउने

nabil

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले पनि खरीद गर्न पाउने छन् । बैंकले यसअघि नै विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकिएको बताएको छ ।

सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal