काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको ‘लक इन’ आज बाट सकिँदैछ । कम्पनीको संस्थापक सेयरधनीतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक सेयरधनी कर्मचारीतर्फको ३ लाख कित्ता, कर्मचारीतर्फको ४५ हजार कित्ता, आयोजना अति प्रभावित स्थानीय बासिन्दातर्फको ५ लाख कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १० लाख कित्ता गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको ‘लक इन’ अवधि आजबाट सकिने भएको हो ।
कम्पनीले २०७८ भदौ १ देखि १५ गतेसम्म स्थानीय बासिन्दा तथा संस्थापक कर्मचारीहरूमा र २०७८ असोज १५ देखि १९ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) मा आईपीओ निष्काशन तथा बिक्री खुला गरी २०७८ कात्तिक ५ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म सेयर ‘लक इन’ मा राख्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्