काठमाडौं । आइतबारको सेयर बजार खुल्नेबित्तिकै उच्च अंकले घटेको छ । आइतबारको कारोबार खुलेको १० मिनेटमै नेप्से परिसूचक साढे १ प्रतिशतले घटेको हो ।
आइतबारको कारोबार खुलेको पहिलो १० मिनेटमा सेयर बजार ४३ दशमलव १८ अंकले घटेर २७०२ दशमलव १७ विन्दु पुगेको छ । आजको प्रिओपन सेसनमा पनि सेयर बजार दोहोरो अंकले घटेको थियो ।
यो समाचार तयारपार्दासम्म सेयर बजारमा २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटाको मात्रै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्