काठमाडौं । आइतबारको कारोबार सुरु हुनासाथ इर्स्टन हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबार खुलेको १० मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य ९७ रुपैयाँ ३० पैसाले घटेर ८७५ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले कम हो । सेयर बजारमा १५ मिनेटको कारोबार भइरहँदा परिसूचक पनि उच्च अंकले घटेको छ ।
यो समाचार तयार पर्दासम्म सेयर बजार परिसूचक १.९२ प्रतिशले घटेको छ । परिसूचक ५२ दशमलव ९५ अंकले घटेर २६९२ दशमलव ४१ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्