काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ३४ हजार ५०० कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर संस्थापक सेयरधनी तथा सर्वसाधारण दुवैले खरीद गर्न पाउँछन् । सेयर खरीद गर्दा घटीमा २५० कित्ता र बढीमा १०० ले निःशेष भाग जानेगरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएकाले खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ ।
आवेदन आज कात्तिक ४ गतेदेखि १४ गते अपरान्ह ३ बजेभित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ वा एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) बालुवाटार, काठमाडौंमा दिइसक्नु पर्नेछ । प्राप्त आवेदनहरू कात्तिक २५ गते आइतबार बिहान १० बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्