काठमाडौं । कुथेली बुखारी स्मल जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कुथेली बुखारीको सेयर मूल्य २०९ रुपैयाँ ९० पैसाले बढेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य २ हजार २०८ रुपैयाँ ९० पैसा पुगेको छ ।
यो समाचार तयारपार्दासम्म समग्रमा नेप्से परिसूचक १० दशमलव ०६ अंकले घटेर २७३५ दशमलव ३० विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ६५ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्