काठमाडौं । आइतबारको सेयर कारोबार बन्द हुँदा सेयर बजार परिसूचक उच्च अंकले घटेर बन्द भयो । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा पनि एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
आज सकारात्मक सर्किट लागेको कम्पनी हो कुथेली बुखारी स्मल हाइड्रोपावर हो । यो कम्पनीका सेयरधनीले आज प्रतिकित्ता १० प्रतिशतले कमाएका छन् । यो स्टकको सेयर मूल्य अघिल्लो कारोबारभन्दा २०९ रुपैयाँ ९० पैसाले बढेर २ हजार ३०८ रुपैयाँ ९० पैसा कायम भएको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा ङादी ग्रुप पावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र एनआइबिएल स्थिर कोष छन् ।
आजको कारोबार बन्द हुँदा ङादी ग्रुप पावरको सेयर मूल्य ४७ रुपैयाँले बढेर ५२२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.८९ प्रतिशतले बढी हो । त्यस्तै हिमालय नलघुवित्तको सेयर मूल्य पनि आज ५.९२ प्रतिशत अर्थात् ५९ रुपैयाँले बढेर १ हजार ५५ रुपैयाँ पुगेको छ ।
आइतबारको कारोबार बन्द हुँदा सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सेयर मूल्य पनि प्रतिइकाइ ३.७९ प्रतिशत अर्थात् ०.३६ रुपैयाँले बढेर ९ रुपैयाँ ८६ पैसा पुगेको छ । त्यस्तै एनआइबिएल स्थिर कोषको सेयर मूल्य ०.३१ रुपैयाँले बढेर ८ रुपैयाँ ८२ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.६४ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्