Skip to content
Prabhu

सिटिजन लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

nabil

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रिय कार्यालयमा आइतबार आयोजित उक्त कार्यक्रममा सर्वसाधारण, बीमित, अभिकर्ता र कर्मचारी लगायतको उपस्थिती रहेको छ । कम्पनीले आफ्ना देशभरीका शाखा कार्यालयहरुमा पनि रक्तदान लगायतका कार्यक्रम आयोजना गरिरहेको छ ।

कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सीईओ पोषक राज पौडेल, डिसीईओ दिप बहादुर बिसी, चिफ मार्केटिङ अफिसर भुषण रिमाल, चिफ फाइनान्सियल अफिसर गणेश पंगेनी लगायतका कर्मचारीको बाक्लो उपस्थिती रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal