Skip to content

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार

nabil bank

पर्सा । वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु. २२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले रु. ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व सङ्कलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले रु. ३९ अर्ब सात करोड ३९ लाख राजस्व संकलन गरेको हो ।
यद्यपि कार्यालयले चालु आवको असोजसम्म रु. ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । हाल संकलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले रु. ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व संकलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व संकलन गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi