Skip to content
Prabhu

सुनको मूल्यमा सधैं नयाँ रेकर्ड कायम, एक तोला किन्न कति पैसा चाहिन्छ ?

nabil

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेरे सुनको मूल्य १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

सोमबार नेपाली बजारमा सुनको मूल्यले आइतबार कायम भएको रेकर्डलाई तोडेको हो । आइतबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही दिन नेपाली बजारमा सुनको मूल्यले लगातार रूपमा रेकर्ड बनाइरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि उच्च विन्दुमा पुगेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य २ हजार ७५ रुपैयाँमा तोलामा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको द्धन्द्ध तथा अमेरिका र युरोपका बैंकको ब्याजदर घटेका कारण लगानीकर्ताहरु सुनमा आकर्षित भएका छन् । जसको प्रभाव समग्रमा सुनको मूल्यमा परिरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal