काठमाडौं । गत असोजको १० गतेदेखि लगातार रुपमा तीन दिनसम्म परेको वर्षाले ठूलो जनधनको क्षति पुग्यो । २५० जनाको मृत्यु भयो भने अर्बौँका भौतिक संरचनामा क्षति पुग्यो । वर्षाका कारण भएको क्षतिको बीमा गरेका बिमितिहरुले बीमा कम्पनीमा दाबी पेस गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हालसम्म पौने ९ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । प्राधिकरणको तथ्यांकअनुसार ८ अर्ब ९८ करोड ३० लाख २६ हजार ६४४ रुपैयाँको दाबी परेको छ ।
हालसम्म बीमा कम्पनीहरुले १७ करोड २८ लाख २८ हजार ६८६ रुपैयाँको दाबी भुक्तानी गरेका छन् । हालसम्म भुक्तानी गरिएको बीमा दाबीको झन्डै शतप्रतिशत भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले हालसम्म १७ करोड २४ लाख ७१ हजार ४४५ रुपैयाँको भुक्तानी गरिसकेको छ । बीमा गर्ने भनेको आपत पर्दा र दैवीक प्रकोपका घटनाबाट हुने क्षतिको भरपाइका लागि हो । विपतमा बीमाले सहयोग गर्छ भन्नेको गतिलो उदाहरण बनेको छ शिखर इन्स्योरेन्स ।
यो कम्पनीमा ९३ करोड ३६ लाख ८ हजार ७२९ रुपैयाँको दाबी परेको थियो । अहिले कम्पनीले पीडितलाई द्रुत गतिमा बीमा दाबी भुक्तानी गरिरहेको छ । यो कम्पनी अहिले दाबी भुक्तानी गर्नेमा अग्रस्थानमा देखिएको छ । शिखर इन्स्योरेन्समा आफ्नो सम्पत्तिको बीमा गराएकाहरुले अहिले धमाधम क्षतिपूर्ति पाइरहेका छन् । केही पाउने क्रममा छन् । क्षतिपूर्ति पाउन बाँकीलाई पनि कम्पनीले छिटोभन्दा छिटो भुक्तानी गर्ने लक्ष्य लिएको जनाएको छ । शिखर इन्स्योरेन्सको तुलनामा अन्यको दाबी भुक्तानी निकै कम देखिएको छ । विपदमा बीमा साथी बन्छ भन्ने कुराको उदाहरण पनि शिखरले स्थापित गर्न सफल भएको छ ।
विपदको समयमा बीमा कम्पनीहरुले तुरुन्तै दाबी भुक्तानी गरेको खण्डमा क्षति भएको व्यक्ति वा समूहरुलाई पनि राहत पुग्छ भने बीमा प्रतिको विश्सनियतामा पनि वृद्धि हुन्छ ।
प्रतिक्रिया दिनुहोस्