काठमाडौं । साहस उर्जा लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ । कम्पनीको कात्तिक ४ मा सम्पन्न साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।
नयाँ सञ्चालक समितिमा संस्थापक समुहतर्फ हिम प्रसाद पाठक, शुसिल थापा, मुक्तीराम पाण्डे, र महेन्द्र कुमार गिरी निर्विरोध चयन भएका छन् । त्यस्तै सर्वसाधारण तर्फ गरीमा अधिकारी (महिला सेयरधनीको प्रतिनिधित्व) र आङगेलु शेर्पा निर्विरोध संचालक चयन भएका छन् । कम्पनीले स्वतन्त्र संचालकमा विभुती ओझालाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्