Skip to content
Prabhu

३ महिनामा सेयर बजारबाट ७ अर्ब बढीको पुँजीगत लाभकर संकलन

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेयर बजारबाट सरकारको ढुकुटीमा पुँजीगत लाभकरबापत ७ अर्बभन्दा बढी रकम जम्मा भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आवको असोज मसान्तसम्म ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा सेयर बजारबाथट ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । यो चालु आर्थिक वर्षमा संकलन भएको पुँजीगत लाभकरमा सबैभन्दा धेरै हो । भदौ महिनामा पनि सेयर बजारबाट २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । असोज महिनामा भने ५८ करोड ७६५ लाख रुपैयाँ मात्रै पुँजीगत लाभकर संकल नभएको छ ।

भदौ महिनाको तुलनामा असोज महिनामा सेयर बजारबाट हुने पुँजीगत लाभकरमा ठूलो गिरावट आएको छ। असोज महिनामा भदौको तुलनामा सेयर बजारको पुँजीगत लाभकर संकलनमा ७७ प्रतिशतको गिरावट आएको हो ।

व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ भने एक वर्षभन्दा बढी समयसम्म होल्ड गरेर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal