Skip to content
Prabhu

बाढीपहिरोको क्षतिः पौने ९ अर्बको बीमा दाबी, उपत्यकाका ३ जिल्लाको मात्रै ६ अर्ब बढी

nabil

काठमाडौं । गत असोज १० गतेदेखि १२ गतेसम्म अविरल रुपमा परेको बर्षाका कारण
अर्बौँको धनजनको क्षति भयो । उक्त वर्षाले उपत्यकाका तीन जिल्ला ठूबानमा परेका थिए । उक्त बाढी पहिरोबाट २५० जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।

बीमा दाबीमा उपत्यकाका तीन जिल्लाको हिस्सा ७९ प्रतिशत रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार उपत्यकाका तीन जिल्लाबाट मात्रै ८९ प्रतिशत बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार उपत्यकाका तीन जिल्लाबाट मात्रै २ हजार ५ सय १३ वटा दाबी परेका छन् । जसमध्ये काठमाडौं जिल्लाबाट मात्रै १ हजार ७३१ वटा दाबी परेका छन् । त्यस्तै ललितपुरबट ६ सय ४६ वटा र भक्तपुरमा १ सय ३६ वटा दाबी परेका छन् ।

पौने ९ अर्बको दाबी पर्दा उपत्यकाका तीन जिल्लाबाट मात्रै ६ अर्ब ६७ करोड रुपैयाँको दाबी परेको छ । जुन ७४ प्रतिशत हुन आउँछ । प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंबाट ३ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ बराबरको दाबी बीमा कम्पनीमा परेको छ । बाढी पहिरोबाट भएको क्षतिको ललितपुर जिल्लाबाट २ अर्ब १७ करोडको बीमा दाबी परेको छ । भक्तपुर जिल्लाबाट ४२ करोड ४२ लाख रुपैयाँ बादी परेको छ ।

दाबी धेरै पर्ने जिल्लाको तेस्रो नम्बरमा भने चितव जिल्ला परेको छ । चितवन जिल्लाबाट बीमा कम्पनीहरुमा ६४ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal