Skip to content

ग्रामीण बस्तीमा कालोपत्रे सडक, यातायात सञ्चालनमा सहज

nabil bank
Exif_JPEG_420

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्रे भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् ।

जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्रे भएपछि आवागमन सहज भएको हो । सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा पक्की सडक निर्माण भएको हो ।

गाउँपालिकाका ग्रामीण बस्ती कालोपत्र सडकका कारण नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिदा स्थानीयले लाभ लिइरहेका जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले जानकारी दिए । ‘सडक कालोपत्रे नहुँदा धेरै दुःख थियो अहिले आवतजावत गर्न सजिलो भएको छ’ उनले भने ।’ वडासदस्य थापाले सडकका कारण स्थानीय बजारको समेत प्रबर्द्धन भएको उल्लेख गर्दै अहिले कालोपत्रे भएपछि नेपालगञ्ज पुग्न लामो समय नलाग्ने बताए ।

सडकको सञ्जाल जताततै भएकाले जानकी वा खजुरा जहाँबाट पनि नेपालगञ्ज आउन सहज भएको जानकारी दिँदै वडासदस्य थापाले अन्य ग्रामीण भेगका सडक पनि कालोपत्रे गर्न आवश्यक भएको बताए । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर र शिवपुरीदेखि नेपालगन्ज १० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा सबैभन्दा बढी पक्की सडक निर्माण भएको जानकारी दिँदै ती सबै क्षेत्रमा करिब ५७ किलोमिटर सडक निर्माण भएको बताए। हाल क्रमागत योजनाका सडक निर्माण भइरहेको उल्लेख गर्दै उनले गौघाट—परस्पुर सडक भने अधुरै रहेको गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime