Skip to content

राष्ट्र बैंकद्वारा ३ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा विकास बैंक र चारवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको भन्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको कारबाहीमा पर्ने विकास बैंकमा मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र सिन्धु बिकास बैंक छन् । त्यस्तै रिलायन्स, प्रोग्रेसिभ, जानकी र गोर्खाज फाइनान्स कम्पनीलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ ।

मितेरी विकास बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० अन्तर्गत ब्याजदर सम्बन्धी निर्देशन नं. १५ को बुँदा नं. ९४० अनुसार तोकिएको ४.६० प्रतिशत अधिकतम ब्याजदर अन्तरको सीमा उल्लंघन गर्दै बढी ब्याजदर राखेको आरोप लागेको छ । यसैगरी, साल्पा विकास बैंकले पनि यही प्रावधान उल्लंघन गरेकाले बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको छ ।

सिन्धु विकास बैंकलाई केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दाफा ७६ तथा राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा नोक्सान हिसावको विवरण राष्ट्र बैंकको ढिलो पेश गरेकाले कारबाही गरिएको जनाइएको छ ।

जसका कारण संस्थाको वार्षिक साधारण सभासमेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानुनी तथा केन्द्रीय बैंकको नियामकी व्यवस्थाहरु उल्लंघन गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । जसका लागि बैंकका अध्यक्ष सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

त्यस्तै कारबाहीमा परेको जानकी फाइनान्सले नियामकीय प्रतिवेदन ढिलो पेश गरेको र वार्षिक साधारण सभा सम्पन्न गर्न ढिलाइ गरेको जनाइएको छ । यसले विद्यमान कानूनी र नियामकीय व्यवस्थालाई उल्लंघन गरेकाले फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

गोर्खाज फाइनान्सले संस्थाका सञ्चालक र कर्मचारीहरू वित्तीय स्वार्थ राख्ने ग्राहकहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक कारोबारमा संलग्न भएको देखिएको छ । राष्ट्र बैंकले यसलाई नियामकीय उल्लंघन मानेको छ । गोर्खाजका तत्कालीन अध्यक्ष र संस्थाका ऋणीहरूबीच पटक–पटक बैंकमार्फत् कारोबार भएको पाइएको छ, जसमा कर्मचारीहरू पनि संलग्न भएको उल्लेख गरिएको छ ।

रिलायन्स फाइनान्सले चालू आर्थिक वर्षको अनिवार्य मौज्दात रकम कायम गर्न नसकेकाले राष्ट्र बैंकले ११ हजार २ सय २७ रुपैयाँ जरिवाना गराएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीको विश्वसनीयता कायम राख्न र नियामकीय निर्देशन पालना गराउन यस किसिमको कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

त्यस्तै प्रोगेसिफ फाइनान्सलाई पनि राष्ट्र बैंकले वासलात थता नाफा नोक्सान हिसाबको विवरण ढिलो पेश गरेको र सोको कारणले संस्थाको साधारण सभा समेत ढिलो भएको भन्दै यसलाई नियामकीय व्यवस्था उल्लंघन भएको जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi