Skip to content
Prabhu

भारतीय विमानमा बम धम्कीका घटना किन बढिरहेका छन् ?

nabil
एजेन्सी । भारतीय एयरलाइन्सलाई लक्षित गर्ने झूटा बम धम्कीहरूमा एकाए बढेपछि कयौँ उडानहरू प्रभावित भएका छन् । विमानहरूको मार्ग परिवर्तन गरिएको छ र समग्रमा एक ठूलो अवरोध सिर्जना भइरहेको छ ।
गत साता सामाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियोमा यात्रुहरूलाई बाक्लो लुगा लगाएर, एयर इन्डियाको विमानको सिँढीबाट क्यानडाको टाढाको सहर इकालुइटको चिसो हावा चल्दै गर्दा ओर्लिरहेको देख्न सकिन्थ्यो । मुम्बईबाट शिकागो जाँदै गरेको यो बोइङ ७७७ मा २११ जना यात्रु सवार थिए । बमको धम्कीको कारण १५ अक्टोबरको बिहान यो विमानको मार्ग परिवर्तन गरिएको थियो ।
विमानमा सवार हरित सचदेवाले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी २०० यात्रुसँग बिहान ५ बजेदेखि विमानस्थलमा फसेका छौं । हामीलाई थाहा छैन के भइरहेको छ वा हामीलाई अब के गर्ने भनेर। हामी पूर्ण रूपमा फसेका छौं ।” उनले विमानस्थलका कर्मचारीहरूको प्रशंसा गरे तर एयर इन्डियामाथि यात्रुहरूलाई पर्याप्त जानकारी नदिएको आरोप लगाए । त्यहाँ अवतरण भएको केही समयपछि क्यानडाको एक विमानमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको थियो ।
एयर इन्डियाले  अनलाइन पोष्टमार्फत उक्त धम्की झुठो भएको बताएको थियो । गत साता मात्र कम्तीमा ३० यस्ता धम्कीहरू आएका थिए जसको कारण विमानहरूको मार्ग परिवर्तन गरिएको थियो, उडानहरू रद्द गरिएको थियो वा ढिला गरेर उडान भरिएको थियो ।
यस वर्ष जुनमा, एकै दिनमा ४१ विमानस्थललाई इमेलमार्फत बमबाट उडाउनको लागि झूटा धम्कीहरू आएका थिए, जसपछि सुरक्षा बढाइएको थियो । सन्२०१४ र २०१७ को बीचमा देशका विभिन्न विमानस्थलमा बम अफवाहका १२० अलर्टहरू दर्ता गरिएका छन् । तीमध्ये झण्डै आधा दिल्ली र मुम्बई जस्ता ठूला विमानस्थलहरूलाई लक्षित गरिएको थियो ।
यो सबै किन भइरहेको छ ?
विशेषज्ञहरू भन्छन् कि एयरलाइन्सलाई लक्षित गर्ने झूटा बम धम्कीहरू प्रायः दुर्भावनापूर्ण उद्देश्यले ध्यान आकर्षित गर्ने, मानसिक स्वास्थ्य वा शरारतको उद्देश्यले दिइन्छ । सन् २०१८ मा इन्डोनेसियामा हवाईजहाजका यात्रुहरूले बमबारे मजाक गरेको कारण उडानमा बाधा उत्पन्न भएको थियो।
यस्ता झूटा धम्कीहरूको लागि कयौं पटक उडानमा सवार व्यक्तिहरूलाई पनि दोषी बनाइएको थियो । गत वर्ष दरभंगा विमानस्थलमा आफ्नो चेक–इन छुटेपछि एक यात्रुले बमको अफवाह फैलाएर स्पाइसजेटको उडानलाई ढिला गर्ने प्रयास गरेका थियो ।
भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार गत वर्ष भारतमा १५ करोडभन्दा बढी यात्रुहरूले घरेलु उडान भरेका थिए । देशमा ३३ अन्तर्राष्ट्रिय विमानस्थलसहित १५० भन्दा बढी विमानस्थलहरूबाट दैनिक तीन हजारभन्दा बढी उडानहरू अवतरण हुन्छन् वा उडान भर्छन्।
गत साता यस्ता झूटा अफवाहहरू चरममा थिए। यस क्रममा भारतको एयरलाइन्समा १४ अक्टोबरमा एकै दिनमा रेकर्ड चार लाख ८४ हजार २६३ यात्रु सवार थिए ।
एउटा एयरलाइन्सलाई बमको धम्कीको चेतावनी प्राप्त भएपछि विमान आकाशमा छ भने त्यसलाई नजिकको विमानस्थलतर्फ मोड्नुपर्ने हुन्छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal