Skip to content
Prabhu

विन नेपाल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि केही संस्थापकहरूको सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तोकिएको म्यादसम्म आंशिक मात्र आवेदन परेपछि बाँकी रहेको सेयर अब आम सर्वसाधारणमा बिक्री गर्न पुनः बिक्री खुला गरेको जनाएको छ ।

सो सेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काभ्रेपलाञ्चोकको साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal