काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा ० दशमलव १९ अंकले बढेको हो ।
आजको प्रि ओपन ससेसन पछि नेप्से परिसूचक २६४० दशमलव ११ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक घटेको छ ।
मंगलबार प्रि ओपन सेसनमा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा २५ कम्पनीका १ हजार ५०२ कित्ता सेयर ३१ पटक खरिद बिक्री हुँदा ६ लाख ६९ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्