Skip to content
Prabhu

सेयर बजार दोहोरो अंकले बढेको दिन धेरै मूल्य बढ्ने ५ कम्पनीमा ४ हाइड्रो

nabil

काठमाडौं । मंगलबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक २५ अंकले बढेर बन्द भएको छ । १९९ कम्पनीको सेयर मूल्य बढेको दिन धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेका छन् । शीर्ष पाँचभित्र एक लघुवित्त कम्पनी रहेको छ ।

आज धेरै मूल्य बढ्ने कम्पनीमा रावा इनर्जि डेभलपमेन्ट लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । त्यस्तै आज महुली लघुवित्त वित्तीय संस्थाको धेरै सेयर बढ्ने शीर्ष पाँच कम्पनीभित्र परेको छ ।

आजको कारोबार बन्द हुँदा रावा इन्जिनियरिङको सेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ । यो स्टकको सेयर मूल्य प्रतिकित्ता ७० रुपैयाँले बढेर ८६० रुपैयाँ पुगेको छ । त्यस्तै मनकामना इन्जिनियरिङको सेयर मूल्य पनि ७.८२ प्रतिशत अर्थात् २९ रुपैयाँले बढेर ४०० रुपैयाँ पुगेको छ ।

आजको कारोबार बन्द हुँदा थ्रीस्टार हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर ९२० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.३६ प्रतिशतले बढी हो । आज महुली लघुवित्तको सेयर मूल्य पनि ६.१० प्रतिशत अर्थात् ९४ रुपैयाँले बढेर १ हजार ६३४ रुपैयाँ पुगेको छ । मंगलबार मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य २६ रुपैयाँ ९० पैसाले बढेर ४६८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.०९ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal