काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भयो । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको दिन नेप्से परिसूचक २५ दशमलव ८१ अंकले बढेर बन्द भएको हो ।
सेयर बजारमा हरियाली छाएको दिन ४० कम्पनीको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी विन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँले घटेर २ हजार ७३० रुपैयाँ पुगेको छ ।
यो अघिल्लो दिनको भन्दा ४.७५ प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीहरुमा कालिका लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड–१, प्राइम डिबेन्चर २०८८ र सिक्लेस हाइड्रोपावर लिमिटेड छन् ।
आजको कारोबार बन्द हुँदा कालिका लघुवित्तको सेयर मूल्य ४.६९ प्रतिशत अर्थात् ५१ रुपैयाँ १० पैसाले घटेर १ हजार ३८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ को सेयर मूल्य ३.८१ प्रतिशत अर्थात् ०.३८ रुपैयाँले घटेर ९ रुपैयाँ ५९ पैसा पुगेको छ ।
प्राइम डिबेन्चरको सेयर मूल्य पनि आज ३३ रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.९१ प्रतिशत कम हो । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि आज १८ रुपैयाँ २० पैसाले घटेर ७१० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.५० प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्