Skip to content
Prabhu

प्रभु बैंकको नाफा १ अर्ब ४ करोड बढी

nabil

काठमाडौं । प्रभु बैंक लिमिटेडले १ अर्ब ४ करोड भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेका कारण बैंकको खुद नाफा थोरै मात्र बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.६४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.९५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.९२ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५९ पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि थोरै बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ पैसा बढेर १७ रुपैयाँ ६८ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ९.४३ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ०.३२ प्रतिशत र कर्जा तथा सापटी १.१७ प्रतिशत घटेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal